दफा ११
विर्ता उन्मूलन ऐन, २०१६ मा संशोधन
विर्ता उन्मूलन ऐन, २०१६ को,–
(१) दफा ४ को उपदफा (३) मा रहेका “इलाका अञ्चलाधीश” र “अञ्चलाधीश” भन्ने शब्दहरुको सट्टा “प्रमुख जिल्ला अधिकारी” भन्ने शब्दहरु र “आय र कर अदालत”
भन्ने शब्दहरुको सट्टा “सम्बन्धित राजस्व न्यायाधीकरण” भन्ने शब्दहरु राखिएका छन् ।
(२) दफा ७ को उपदफा (५) मा रहेका “आय र कर अदालत” भन्ने शब्दहरुको सट्टा “सम्बन्धित राजस्व न्यायाधीकरण” भन्ने शब्दहरु राखिएका छन् ।
(३) ठाउ“ ठाउ“मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।